एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजविचको खेल बर्षाका कारण दुबै टिमले एक एक अंक बाँडेका छन् ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १० ओभरमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । सो क्रममा वर्षाका कारण खेल रोकिएको थियो । तर, वर्षा नरोकिएपछि दुबै टीमले अंक बाँडेका हुन् ।
पोखराले मात्र १२ रन बनाउँदा महत्वपुर्ण ५ विकेट गुमाएको थियो । पोखराका लागि असेला गुनरत्नेले २३ रन बनाए । पोखराका विवेक यादव १६ रनमा खेलिरहेका थिए ।
बलिङमा युवा खेलाडी दुर्गेश गुप्तानले तीन, तुलबहादुर थापा, अभिनाश बोहरा र धमिका प्रशादले एक एक विकेट लिए ।