साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको अन्तिम नामावली घोषणा गरेका हुन् ।
हाल साफको तयारीको लागि नेपाली टोली कतारको दोहामा छ ।
पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा छैनन् ।
नेपाली टोलीले आज ओमानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि टोली सोमबार माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
साफको लागि घोषणा गरिएको अन्तिम टोलीः
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ