नेकपा एमाले केन्द्रीय कमिटी बैठकले तीन प्रतिवेदन पास गरेको छ ।
आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पास गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आजको बैठकले पास गरेको प्रतिवेदन १५ असोजमा गोदाबरीमा हुने विधान महाधिवेशनमा पेश गरिनेछ ।
अधिवेशनमा देशभरबाट ५ हजार नेता कार्यकर्ताको सहभागिता हुने उनले बताए ।
त्यस्तै, बैठकले लगानी गर्दा स्रोत खुलाउनुनपर्ने सरकारको निर्णयको विरोध जनाएको छ । साथै उक्त निर्णय फिर्ता लिन आग्रह गरिएको छ ।