विराटनगरपछि पोखरा उडेको बुद्धको जहाजमा पनि समस्या देखिएको छ ।
ककपिटमा धुँवा देखिएपछि सोमबार पोखराका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको हो ।
जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ ।
सोमबार बिहानै ल्याण्डिङ गियरमा समस्या देखिएपछि विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि काठमाडौंमा अवतरण भएको थियो ।
सम्बन्धित समाचारः
७३ यात्रु रहेको बुद्धको विमानमा देखिएको समस्या के हो ? कसरी भयो सुरक्षित अवतरण ?