काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोभिड संक्रमित थपिएका छन्। १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको छ। नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।
आज १ हजार २६२ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।