विशेष अदालतले आन्तरिक राजश्व विभाग महानिर्देशक चुडामणि शर्मा ढकाललाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासबाट भएको थुनछेक बहसपछि उनलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
कर फछर्यौट आयोग, २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्माले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले एक अर्ब ३३ लाख २० हजारको विगो, जरिवाना र कैदको माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले शर्मासहित महत र ढकाललाई पनि ५०/५० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।