ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण हुन नसकेर काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले उडान सुरु गरेको छ ।
प्राविधिकहरुले जाँचेपछि जहाजले मंगलबार बिहानैदेखि उडान सुरु गरेको हो । जाँचको क्रममा कुनै समस्या नभेटिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठले बताए ।
सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।
मंगलबार बिहानै ३ उडान गरिसकेको जहाजले दिउँसो ४ उडान गर्ने तालिका छ ।
अहिलेसम्म उक्त जहाजले काठमाडौं–सिमरा दुईपटक उडान गरेर फेरि काठमाडौंबाट पोखरातर्फ लागिसकेको छ । सोही जहाजले मंगलबार दिउँसो नेपालगञ्ज, पोखरा, जनकपुर र भैरहवा उडान गर्ने तालिका छ ।
सम्बन्धित समाचारः
‘बाचिँदैन लागेर जहाजमा रुवाबाँसी चल्यो, एयर होस्टेजको आँखामा पनि आँसु बगिरहेको थियो’
विराटनगरपछि पोखरा उडेको बुद्धको जहाजमा पनि समस्या
७३ यात्रु रहेको बुद्धको विमानमा देखिएको समस्या के हो ? कसरी भयो सुरक्षित अवतरण ?
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको पाङ्ग्रा अवतरण गर्ने बेलामा नखुलेपछि...