नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि थाइल्याण्डको बैंकक जाने भएका छन् ।
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।
लामो समयदेखि जण्डिस रोगबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या आएपछि गत साता ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । उनमा जण्डिको मात्रा बढ्नुका साथै ज्वरो आउने, भोमिट हुने जस्ता समस्या देखिएका छन् । हाल पुनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।
झण्डै दुई वर्षअघि पनि नेता पुन जण्डिसका कारण गम्भीर विरामी भएका थिए । त्यसबेला पनि उनको थाइल्याण्डको बु्रमुङगार्ड अस्पतालमा उपचारका गरिएको थियो ।