भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक मानसिक रुपमा कमजोर रहेकी महिलालाई बन्धक बनाई ८ जनाले बलात्कार गरेका छन् ।
आरोपीहरुलाई एक महिलाले पनि सहयोग गरेकी थिइन् । पीडितले प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ भने महिलासहित अन्य ४ जना फरार रहेका छन् ।
प्रहरीका अनुसार पीडित कृष्णा नगर क्षेत्रकी हुन् । पीडितका बुबाले कृष्णा नगर क्षेत्र प्रहरी स्टेशनमा छोरी बेपत्ता भएको भन्दै उजुरी लिएका थिए ।