सभामुख अग्निप्रसाद सापकोटाले संसदका दुवै सदनबाट पारित भएका आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणित गरेका छन् ।
उनले मंगलबार दुई विधेयक प्रमाणित गरेको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
संविधानको धारा १११ बमोजिक यी दुवै विधेयकहरु प्रतिनिसिभाबाट उत्पत्ति भई दुवै सदनबाट पारित भएको थियो ।
प्रमाणित विधेयकहरु संविधानको धारा ११३ (१) बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइने छ ।