प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । सो क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।
माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बुधबार दिउँसो १२ बजे पेरिसडाँडामा बस्दैछ । उक्त बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री देउवा बुधबार वा बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।
प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम मागेका छन् । कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ ।