जारी एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजले ललितपुर प्याट्रियोट्सलाई ९ विकेटले पराजित गरेको छ ।
मैदान गिलो भएका कारण ७ ओभरमा खेलाइएको खेलमा ललितपुरले सात ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो ।
५२ रनको लक्ष्य पाएको पोखराले ६.३ ओभरमा ७ विकेट गुमाउँदै ५५ रन बनायो ।
उसका लागि रिचर्ड लेभीले अविजित ३८ र रित गौतमले १२ रन बनाए । बलिङमा अजमतुल्लाह उमरजाईले एक विकेट लिए ।
त्यसअघि ललितपुरले ४ विकेट गुमाएर ५१ रन बनायो । उसका लागि सदुन वीराकोडीले १९, नारायण जोशीले ११ र ओशादा फर्नान्डोले अविजित १० रन बनाए ।
बलिङमा पोखराका नन्दन यादवले २ ओभरमा ११ रन दिएर ३ विकेट लिए । त्यस्तै, विक्रम सोबले दुई र केसरिक विलियम्सले एक विकेट हात पारे ।
जारी प्रतियोगितामा पोखराको पहिलो जित हो भने साविक विजेता ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा वर्षा बाधक बनेपछि पोखराले अंक बाँडेको थियो ।