नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले सो कुरा बताएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रचण्डले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बस्ने र सरकार विस्तार हुने बताएका थिए । उनका अनुसार माओवादीका तर्फबाट अब तीन मन्त्री र एक राज्यमन्त्री थपिनेछन् ।
माओवादीका तर्फबाट अहिले जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।