पछिल्लो २४ घण्टामा ११५७ जना कोरोना भाइरस संक्रमति थपिएका छन् ।
साढे १४ हजार नमुना परीक्षण गरिएकोमा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।
पछिल्लो २४ घण्टामा एक हजार ११३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १२३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
हाल सक्रिय सङ्क्रमित संख्या १८ हजार १९३ छ ।