प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ।