रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्डाेगानबीच भेटवार्ता भएको छ ।
उनहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ । उहाँहरुबीच पछिल्लो समयमा सिरियाल र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी भएको बताइएको छ । प्राप्त समाचारअनुसार उहाँहरुकाबीचमा भएको कुराकानीले आगामी दिनमा पनि सो सहकार्यले निरन्तरता पाउने सहमति भएको बताइएको छ ।
रुस र टर्कीको संयुक्त सैन्य समूहले पछिल्ला केही वर्षयता सिरियामा सहकार्य गरिरहेको छ । सिरियामा अतिवादीहरुका विरुद्धमा यी दुई देशबीचको सेनाले संयुक्त सैन्य कारबाही पनि गर्दै आएको छ । सिरियामा जारी रहेको सैन्य र अन्य सहकार्य सफल रहेको निष्कर्ष पनि दुई नेताहरुले निकाल्नु भएको थियो । टर्कीस् राष्ट्रपति एर्डाेगानले रुसी राष्ट्रपति पुटिनसँग सैन्य, व्यापार तथा लगानीका अन्य विषयहरुमा पनि कुराकानी भएको बताउनुभएको थियो ।उनले लामो समयपछि भएको यो उच्चस्तरीय भेटवार्ता द्धिपक्षीय सम्बन्धको विकास र विस्तारका लागि ठूलो सहयोग पुग्ने बताए ।