चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन टाइगर्स काठमाडौं किंग्स–११ विरुद्ध ३ विकेटले विजयी भएको छ ।
काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट सात गुमाएर पूरा गर्यो ।
उसका लागि राजेश पुलामीले अविजित २६, दिलीप नाथले २३, करीम जनातले २१ र कमल ऐरीले नटआउट २३ रन बनाए ।
बलिङमा रयान बर्ल, जितेन्द्र मुखियाले दुई/दुई, जनक प्रकाश, गुलसन झा र सन्दीप लामिछानेले एक/एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो ।
उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए ।
बलिङमा युवा स्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । त्यस्तै, करिम जनतले दुई, सेकुगे प्रश्न्न र कमलसिंह ऐरीले एक/एक विकेट लिए ।