बिहार राज्यको अरीरिया जिल्लामा नक्कली फेसबुक आइडी बनाएर अश्लील भिडिओहरु भाइरल गर्ने घटना सार्वजनिक भएको छ ।
उक्त भाइरल भिडियो एक निजी विद्यालयको बताइएको छ । जहाँ एक छात्रसँग अश्लील व्यवहार भएको छ । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
संचालकले उक्त विद्यार्थीलाई विद्यालयबाट निकालिदिएको छ ।
पीडितका अभिभावकले ३ वटा नक्कली फेसबुक आइडी र ५ युवाहरुविरुद्ध उजुरी दर्ता गरेका छन् ।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।