पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ७६५ वटा नमुनाको परीक्षण गर्दा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।
त्यस्तै आज ९११ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १८ हजार १६८ पुगेको छ ।