नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश २ कमिटी विस्तार भएको छ । एमाले प्रदेश २ कि अध्यक्ष ज्वाला साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले प्रदेश कमिटी विस्तार गरेको हो ।
विस्तारित कमिटीमा प्रदेश २ को आठ वटै जिल्लाका २७३ जना सदस्य समावेश भएका छन् । प्रदेश कमिटीको पदाधिकारी यसअघि नै चयन भइसकेका छन् ।
नेकपा विघटन र माधव नेपाल पक्षको नेकपा एकिकृत समाजवादी पार्टि निर्माणपछिको अवस्थामा पार्टीलाई मजबुत बनाउने उद्देश्यले प्रदेश कमिटी विस्तार गरिएको साहले बताइन ।
कुल २७८ सदस्यीय प्रदेश कमिटीमा ५ जना पदाधिकारी यसअघि नै चयन भइसकेका छन् । प्रदेश कमिटीलाई वर्गिय, क्षेत्रीय, जातिय र लैंगिक समावेशितालाई ध्यान दिइएको समेत साहले बताइन् ।