नजिकिएको दशैं र तिहारमा यात्रुको चाप हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा उडान थप गरेको छ ।
विमानस्थलले अक्टोबर महिनाका लागि पाँच वटा साना जहाज र १० वटा ठूला जहाज गरी दैनिक १५ वटा उडान थप गरेकोका विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
पहाडी क्षेत्रमा उडान गर्ने तारा, समिट, नेपाल एयरलाइन्स र सीता एयरले दैनिक पाँचवटा थप गरेको छ भने सुविधा सम्पन्न क्षेत्रमा उडान भर्ने एटिआर ७२ स्तरका ठूला जहाजका लागि दैनिक १० उडान थप गरेको शेर्पाले जानकारी दिए ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक ११५ उडान गर्दै आएको थियो ।