नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन सुरु भएको छ ।
शुक्रबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशनको उद्घाटन गरे ।
विधान महाधिवेशनमा अहिले ओलीले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।
ओलीका फोटै फोटो !
महाधिवेशन स्थलमा ओलीको फोटो स्ट्यान्डको रुपमा राखिएको छ कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ ।
महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन् ।

विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् ।
सम्बन्धित समाचारः एमाले विधान महाधिवेशन सुरु, राजनीतिक प्रतिवेदन पेश गर्दै ओली (LIVE)