पशुपतिमा बाबालाई छुरि हानेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेका चितवन जगतपुर नयाँवस्ती–५ का –३७ वर्षीय तारा वहादुर लामिछाने रहका छन् । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद गरिएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।
उनले असोज ११ गते बिहान पौने ६ बजे पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा सन्तोष भनिने वावालाई खुकुरी प्रहार गरेका थिए । त्यसपछि उनी फरार थिए ।
उनलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरिएको हो ।