पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १८ हजार ११५ सक्रिय संक्रमित छन् ।
शुक्रबार ९३८ जना निको भएका छन् । हालसम्म ९३.३ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
यस्तै शुक्रबार कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको मन्त्रालयले जनाएको छ ।