धनुषाको सबैला नगरपालिकाका मेयर बिजयशंकर प्रसाद साहलाई भैंसिको संज्ञा दिदै त्यहांका स्थानिवासिले भैसिको घांटिमा उनको नाम झुण्ड्याई नगर परिक्रमा गरेका छन् ।
बिगत १४ दिन देखि नगरपालिका कार्यालयमा भ्रष्टाचार र अनियमितताको आरोप सहिंत स्थानीय अधिकारकर्मी तथा युवाहरुले धर्ना तथा अनसन बसिरहंदा पनि उनिहरुको मागको संबोधन नगरेको भन्दै सबैलाका स्थानियवासिले भैंसि जुलुस निकालेका हुन् ।
गत आर्थिक वर्षमा कोभिड रोकथाम लगायत सम्पन्न भएका योजना तथा कार्यक्रम र तिनका खर्च विवरण माग गर्दै संयुक्त संघर्ष समिति मार्फत युवाहरु अनसनमा बसेका हुन ।
सञ्चारकर्मि समेत रहेका संघर्ष समितिका संयोजक सुरेश यादवको नेतृत्वमा विगत १४ दिनदेखि नगरपालिकाको कार्यालयमा रिले अनसन तथा धरना जारी छ ।
चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, गत वर्षको संसद विकास कोषबाट काम भएको योजनाको विवरण, कोभिड–१९ रोकथाम तथा क्वारेन्टाइन सञ्चालन खर्च लगायतका शीर्षकमा भएको खर्चको बिवरण सहितको सूचना मागेको महिनौं वितिसक्दा पनि नदिएपछि अनसनमा बसेको समितिका संयोजक यादवले बताए ।
अनसन तथा धरणा गरेको २ साता पुग्नलाग्दा समेत केही सुनुवाई नगरेको भन्दै धरणाकारिहरुको समर्थनमा नगरवासिहरुले आज बिहान भैंसी जुलुस निकालेका हुन् । जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमो मेयर विजयशंकर साह, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर र लेखा अधिकृत शिवकुमार झा लेखेको ब्यानर झुण्ड्याईएको थियो । उनिहरुले मेयर तथा कर्मचारीहरुको बिरुद्धमा नाराबाजी समेत गरेका थिए ।
यता गत आर्थिक वर्षमा भएका योजना तथा कार्यक्रम र तिनका खर्च विवरण माग गर्दै अनशन बसेका युवालाई सूचना उपलब्ध गराइसकिएको मेयर विजयशंकर प्रसाद साहले बताएका छन् । साहले गतवर्षको सुचना बिवरण उपलब्ध गराईसकिएको र यसवर्षको बिवरण पनि उपलब्ध गराईने बताए ।