नेपाली बजारमा आज ९आइतबार० पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको छ ।
वृद्धि भएको मूल्यअनुसार आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।