प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनपर्ने माग उठेको छ ।
आज भएको समितिको छलफलमा लिभिङ टुगेदरलाइ कान्नि मान्यता दिन माओवादी केन्द्रका सांसद मातृका यादवले माग गरेका हुन । उनले लिभिङ टुगेदरलाई समेत बिवाह दर्ताझै दर्ता गर्नुपर्ने प्रावधान बनाउन माग गरे ।
यादवले समितिमा लिभिङ टुगेदरको कानुनि मान्यता नहुंदा अपराध बदेको भन्दै ‘चोरी–चोरी सम्बन्धमा बसिनुका कारण समस्या आएकोले यसलाई कानुनि मान्यता दिनुपर्ने’ बताएका हुन् । उनले बदलिदो सामाजिक परिवेशलाई मध्यनजर गर्दै यस्ता कुराहरुलाई सरल बनाउनुपर्ने कुरामा जोड दिएका हुन् ।
समितिको छलफलमा आफ्ना भनाई राख्दै सांसद यादवले तराई–मधेशमा विवाहको उमेर पनि घटाउनुपर्ने माग गरेका छन् ।
मधेशमा गरिबी र अशिक्षा व्याप्त रहेको भन्दै यस्तो अवस्थामा सरकारले तोकेको उमेरमा बिवाह गर्न समस्या भईरहेकोले सो प्रावधानलाई परिमार्जन गर्न माग गरे ।
‘बढी उमेरका कारण समस्या आईरहेको छ’, उनले भने– ‘तराई–मधेशमा दाईजो लगायतको परम्परागत समस्या छ , बिवाहको उमेर घटाउनै पर्छ ।
नेपालको मुलुकी देवानी संहिता (२०७४) मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । सो भन्दा कम उमेरमा बिवाह गरिए दण्डित हुने कानुनमा उल्लेख छ ।