वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले एसिड पीडित मुस्कान खातुनको उपचारका लागि नगद सहयोग गरेका छन् ।
सरावगीले आफनै कार्यकक्षमा बोलाएर मुस्कानलाई दुई लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।
एसिड आक्रमणमा घाईते भएकी मुस्कानको घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शैल्यक्रिया गर्नुपर्ने भएकोले त्यसकोे लागि सहयोग गरेको मेयर सरावगीले बताए ।
मुस्कानका पारिवारिक श्रोतका अनुसार उनको शैल्यक्रियाका लागि ३ लाखभन्दा बढी रुपया खर्च लाग्ने भएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले मुस्कानको उपचारको मेयर सरावगीले आइतबार उनलाई दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।
महानगरपालिकामा मेयर सरावगीले आफनो तलब भत्ताको रकम जम्मा गरि स्थापना गरेकोे मेयर कल्याणकारी कोषबाट तत्कालका लागि दुई लाख रुपैयाँ मुस्कानको उपचारका लागि सहयोग गरेको महानगरपालिका श्रोतले जनाएको छ ।
शैल्यक्रियाका लागि पैसाको व्यवस्था नहुँदा मुस्कानको परिवार तनावमा रहेको अवस्थामा मेयर सरावगीको सहयोगले अत्यन्तै खुशी महसुस गरिरहेको पिडित मुस्कानले बताईन ।
करिब २ वर्षदेखि मुस्कानको उपचार काठमाडौंस्थित कीर्तिपुरको वर्न हस्पिटलमा हुँदै आएको छ ।
२०७६ भदौ २० गते विद्यालय जाने क्रममा वीरगन्ज ४ गणेशमान चोकमा मजिद मिया र सम्साद मियाले उनको अनुहार र शरीरमा एसिड प्रहार गरेर घाइते बनाएका थिए ।
विरगञ्ज महानगरपालिका २ छपकैयाकि १५ वर्षिया मुस्कान त्यतिबेला कक्षामा पढ्दै थिईन । उनलाई एसिड प्रहार गर्ने अहिले कानुन अनुसारको सजाय भोग्दै छन् ।