बलिबुडका चर्चित कलाकार अनुपन खेरले आज पशुपतिनाथ मन्दिरमा पुजा अर्चना गरेका छन् ।
चलचित्र छायांकनका लागि खेरसहित बोमन इरानी, परिणति चोपडा र सारिका हसन पनि नेपाल आएका हुन् । ‘उचाइ’ चलचित्रका लागि उनीहरू आइतवार नेपाल आएका हुन् । चलचित्रको छायांकन, मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रमा हुने बताइएको छ ।