महालेखा परिक्षकको कार्यालय बबरमहलले आ.व.०७५।७६ र ०७६।०७७ को लागी गरेको परिक्षण प्रतिवेदनबाट रौतहटका केही व्यापारीहरुको पोल खुल्न थालेपछि व्यापारीहरु हतोत्साहित भएका छन् ।
जिल्लाका १८ वटैं स्थानिय तहहरुमा आर्थिक वर्ष २०७५।०७६ को १८ वटा तथा आर्थिक वर्ष २०७६।०७७ को लागि १६ वटा स्थानिय तहहरुबारे आएको महालेखा परिक्षण प्रतिवेदनले जिल्लामा नाम चलेका अधिकांश व्यापारीहरुको फर्महरु विवादमा तानिएका छन् ।रौतहटका नाम चलेका न्यु शिवशक्ति इम्पोरियम, इलेक्टोनिक प्लाजा, सागर जेनरल अर्डर सप्लार्यस लगायत दजर्नौ फर्महरु माथि महालेखा परिक्षकको कार्यालयले विना विल भुक्तानी, बिल बढी भुक्तानी, दोहोरो रकम भुक्तानी, समान सप्लाई विना भुक्तानी लगायतका शिर्षकहरुमा असुल उपर तथा बेरुजु देखाए पछि व्यापारीहरुको मिलोमतोमा अनियमितता भएको प्रष्ट हुन गएको अर्थ जानकारहरु बताउछन ।
जिल्लाका अधिकाश स्थानिय तहहरुमा महालेखाको प्रतिवेदन अनुसार रौतहटमा संचालन रहेको व्यपारीक प्रतिष्ठान एलजी प्लाजा र न्यु शिव शक्ति ईम्पोरियम, चुकी ईन्टरप्राईजेज, केशरी सप्लायर्स, सागर जनरल सप्लायर्स, जय माँ मनोकामना सप्लायर्स, माँ मनोकामना टे«ड एण्ड सप्लायर्स, जय माँ लक्ष्मी टेडर्स एण्ड जेनरल सपलायर्स, उमंग टेडर्स, पशुपति टेडर्स, सिक्युरिटी वल्र्ड, आकाश सिड्स लगायतका व्यापारीक प्रतिष्ठानहरुबाट स्थानीय तहहरुले करोडौको सामान खरिद गरेका थिए भने सो प्रतिष्ठानहरुको खरिद र भुक्तानी प्रक्रिया त्रुटिपूर्ण रहेको, बेरुजु रहेको, कागजात नमिलेको, दोहोरो भुक्तानी भएको, सामान नै नदिई भुक्तानी लिएको लगायतका विभिन्न अनियमितता देखिएको भने समाचार प्रकाशन भए पछि व्यापारीहरुको जमातले महालेखा परिक्षकको प्रतिवेदनलाई नै झुठ्याउन रौतहट उधोग वाणिज्य संघबाट आफना बचाउमा संचारमाध्यम तथा संचारकर्मीलाई धम्काउने शैलीमा विज्ञप्ति समेत निकालेका थिए ।
महालेखा परिक्षणको कार्यालयले जारी गरेको प्रतिवेदनलाई झुठा ठहराई स्थानिय तहहरुसंग मिलोमतो गरि आर्थिक अनियमितता गर्ने त्यस्ता व्यापारीहरु माथी कडा कार्यवाही हुनु आवश्यक देखिन्छ ।