भारतीय जनता पार्टिका अध्यक्ष जगतप्रसाद नड्डा (जेपि नड्डा) लाई भेटन नेपाली कांग्रेसका नेताहरु भोलि दिल्ली जांदैछन् ।
भारतमा सत्तासिन भाजपा र नेपालमा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका नेताहरुबिचको भेटघाटलाई उच्च चासोका सांथ लिईएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा र अजय चौरसिया बिहीबार भोली बहिवार दिल्ली जान लागेको कांग्रेसका एक नेताले बताए ।
नयां सरकार गठन भएपछि भाजपाको निमन्त्रणमा पहिलो पटक नेपाली कांग्रेसका नेताहरु दिल्ली जान लागेका हुन ।
नेताहरुको भ्रमणलाई दुई पार्टिबिचको सम्बन्ध स्थापनाका लागि भनिएपनि नेपालमा हुने आगामी तथा नेपाली कांग्रेसलाई भारतको सहयोग आदिको बारेमा छलफल हुने बुझिएको छ ।
कांग्रेसी नेताहरुको टोलीले भाजपा अध्यक्ष जेपी नड्डाका सांथै भारतीय विदेश मन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ शिंह लगायतसंग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
केही दिन अघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमण गरेका थिए । उनले भ्रमणका क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत बिभिन्न दलका नेताहरुसंग भेटघाट गरेका थिए ।