नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
‘पञ्चली एटके’ टेलिभिजनको उद्घाटन गर्दै दाहालले साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । उनले भने, माओवादीले मधेसी, पिछडिएका वर्गलाई समेटेर सरकारमा आफ्ना प्रतिनिधि पठाएको छ । दाहालले महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने बताए ।