अमेरिका टेक्सासको वेस्टर्न डिस्ट्रिक्ट अदालतका न्यायाधीश रोबर्ट पिट्म्यानले गर्भपतनसम्बन्धी नयाँ कानुनको कार्यान्वयन तत्कालका रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति जो बाइडेनको प्रशासनले दायर गरेको रिटमा सुनुवाइ गर्दै टेक्सासका एक जिल्ला न्यायाधीशले कानुन तत्कालका लागि लागू नगर्न आदेश दिएका हुन्।टेक्सासले हालै गर्भपतन अधिकांश रुपमा प्रतिबन्ध गर्ने खालको कानुन लागू गरेको थियो। सो कानुनअनुसार कुनै पनि महिलाले गर्भ रहेको ६ हप्ताभन्दा पछि गर्भपतन गराउन पाउने छैनन्।
६ हप्तापछि गर्भपतन गराएमा ती महिला, गर्भपतन सेवा प्रदान गर्ने क्लिनिक तथा चिकित्सकविरुद्ध कुनै पनि व्यक्तिले उजुरी दिनसक्ने व्यवस्था कानुनमा छ।न्यायाधीशको आदेश आएलगत्तै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अदालतको निर्णयलाई टेक्सासका महिलाको संवैधानिक अधिकार पुनःस्थापित गर्नेतर्फ महत्वपूर्ण कदम बताएको छ।