प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रीपरिषद बिस्तार गरिरहंदा सत्ता गठबन्धनबाट मन्त्री हुनेहरुको नाम पठाईदै थिईयो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) ले मन्त्रीहरुको नाम लगभग तय गरिसकेको थियो । तर सत्ताका एक घटक जनता समाजवादी पार्टि अझै अन्यौलमै थियो ।
हुन त जसपा अध्यक्ष उपेन्द्र यादव र सो पार्टिका नेता डा.बाबुराम भट्टराई तथा अशोक राईहरुको सहमतीमा मन्त्री हुने ४ जनाको नाम फाईनल भईसकेको थियो । नाम फाईनल गरेर डा.भट्टराई गोरखा तिर लागे भने आफ्नो पक्षबाट राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने पक्का भएपछि अशोक राई पनि शान्त भए ।
तर दिउंसो तिन बज्दाबज्दै उपेन्द्रले तिन नेता बिचको सहमतिलाई लत्याएर मन्त्रीको नाममा टिपेक्स लगाए र प्रमोद साहको ठाउंमा महिन्द्र यादवको नाम सिफारिश गरे ।
मन्त्रीको लागि आफ्नो नाम कन्फर्म भईसकेको भन्दै बधाई थाप्दै गरेका साहको मिडियामा राष्ट्रपतिले नियुक्त गरेकी मन्त्रीहरुको नामावली देखेपछि होस उड्यो ।
कुर्ता, पाईजामा र गम्छा आईरन गरेर तैयार पारिसकेका साहलाई शुरुमा बिस्वासै भएन र उनले पार्टि अध्यक्ष उपेन्द्र यादवलाई फोन गरे, तर यादवले फोन नउठाउंदा साहलाई आफुसंग धोखा भएको भनी कन्फर्म भयो ।
साह जस्तै पर्साका सांसद प्रदिप यादव पनि मन्त्री बन्ने लिष्टमा अगाडि नै थिए । पर्साको तिन क्षेत्रमा पार्टिको सांसद जिताउन र बिरगञ्ज महानगरपालिकाको मेयर जिताउन ठुलो भुमिका खेलेका यादव मन्त्री पदका लागि योग्य पनि थिए ।
बिरगञ्ज क्षेत्रबाट उपेन्द्र यादवले कहिल्यै पनि कसैलाई मन्त्री नबनाएको र यसपटक अवस्य नै बिरगञ्जको योगदानको कदर गर्ने भनी आंखा टिकाईबसेका नेताकार्यकर्तालाई फेरी उपेन्द्रले निरास पारे ।
सबैले आस गरेको नाम, प्रदिप यादवसंग करिब २ बजे कुराकानी गर्दा उनले नामहरु सिफारिश भएको कन्फर्म नभएकोले केही समय पर्खिरहेको बताए ।
यता उपेन्द्र यादवलाई केपि ओलीले मन्त्रालयबाट निकाल्दा शहरी बिकाश मन्त्री रहेका बांकेका महम्मद ईस्तियाक राई पनि मन्त्री बन्ने दौडमा थिए । शुक्रवार उनलाई मन्त्रीको लिष्टमा नराखिदा प्रदेशगत रुपमा मन्त्रीको छनौट अव्यवहारीक भएको भनी सामाजिक सञ्जालबाट जनाईरहेका थिए ।
पार्टिबाट सरमारमा जाने ४ मन्त्री मध्ये प्रदेश २ बाट तिनजना र प्रदेश ३ बाट एकजना उल्लेख गर्दै उनले प्रष्ट रुपमा शमावेशिताको कुरा उठान गरिरहेको बुझ्न सकिन्छ ।
यि समग्र कुराहरुले उपेन्द्र यादवमा लाग्दै आएको जातिय अहंकार र अधिनायकवाद प्रचुर मात्रामा भएको आरोपलाई सिद्ध गरेको छ ।
पार्टि भन्दा माथी आफुलाई ठान्ने सोच र आफ्ना आसेपासेका एक जातका केही निश्चित नेताहरुको लिडरको रुपमा उनले फेरी आफुलाई साबित गरेको मधेश मामिलमका बिश्लेषकहरुको बुझाई छ ।
उनि मधेश र मधेशीको अधिकारका कुरा उठाई मधेशिलाई नै ठग्ने पात्र भएको मधेश मामिलाका बिश्लेषक तथा मधेशि नागरिक समाजका संयोजक गणेश मण्डलको ठम्याई छ ।
‘उपेन्द्र वर्गिय वा क्षेत्रिय अधिकारका लागि लड्ने नेता होईनन्’, मण्डलले भने– ‘आफ्नो जातका केही निश्चित व्यक्तिको नेता हुन उनि ।’
उपेन्द्र जनतालाई आन्दोलनको रापमा झोंकि उनिहरुको सहादतबाट जातियताको पोलिटिक्स गर्ने पात्र भएको समेत मण्डलको आरोप छ ।
मधेशि जनअधिकार फोरम नेपाल स्थापना पछि २०६४ सालको निर्वाचनबाट संसदिय पोलिटिक्समा पुगेदेखिनै उनले पार्टिभित्र एकात्मक सासन लादन खोजेको ईतिहांस जिबितै छ । उनको एकल निर्णय गर्ने बानि र ‘मै नै सब हो’ भन्ने चरित्रकै कारण बिजय गच्छदारदेखी जेपी गुप्तासम्मले सांथ छोडेका थिए ।
मधेश आन्दोलन उद्दगममा हुंदा सत्ताका लागि सरकारसंग सम्झौता गरेका उपेन्द्रको धोखा दिने बानि पुरानै हो भन्नेहरु पनि कम छैनन् ।
मधेशि जनअधिकार फोरम नेपालका तत्कालिन उपाध्यक्ष र मधेश बिद्रोहका संयोजक भाग्यनाथ गुप्ताले उपेन्द्रको चरित्रकोबारेमा पटक–पटक प्रष्ट पार्दै आएका छन् ।
ईतिहांशलाई किनारा गरेर वर्तमानलाई नियाल्दा समेत उनको एकल जातिय मनसाय प्रष्ट रुपमा देखिन्छ ।
शुक्रवार उनले सरकारमा पठाएका ४ जना मन्त्रीमध्ये ३ जना यादव समुदायकै छन् । एक जना नेवार जो कि जसपाको जनाधार नभएको क्षेत्रबाट समानुपातिक सांसद थिए ।
उपेन्द्रले सभा–सम्मेलन र मिडियामा जतिसुकै समानुमातिक शमावेशिताको कुरा गरेपनी चरित्रमा जातियताको बिज मात्र रहेको कुरा मन्त्री चयनले प्रष्ट पारेको छ ।
मन्त्री चयनकै कारण उनको पार्टिभित्र अहिले चरम असंतुष्टि छ । बिरगञ्जमा उनको पुतला जनाईएको छ । सिराहामा कालोझण्डा देखाउने कुरा उनकै कार्यकर्ताले गर्दै छन् ।
अधिनायकवादले क्षणिक स्वाथ्र्य पुरागरपेनी समग्रमा यसले राजनितिक संकट निम्त्याउने नै छ भन्ने कुरा निश्चिित छ ।