मुख्यमन्त्री लालबाबु गद्दीले प्रदेशसभामा विस्वाशको मत लिएसंगै प्रदेश २ सरकारको मन्त्रीमण्लमा हेरफेर गरिने भएको छ ।
विस्वस्त सुत्रबाट प्राप्त सुचना अनुसार तत्कालिन राजपाबाट मन्त्री बनेका पर्यटन मन्त्री रामनरेश राय र वनमन्त्री नवलकिशोर साह तथा फोरमबाट अर्थराज्यमन्त्री बनेकी उषा यादवलाई हटाएर अन्यलाई नियुक्त गरिने गृहकार्य शुरु भएको छ ।
सरकारलाई समर्थन गरेको नेकपा एकिकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउनका लागि सो गृहकार्य शुरु गरिएको श्रोतको दाबि छ ।
प्रदेश २ मा अहिले कानुन, न्याय तथा प्रदेश सभा व्यवस्था मन्त्रालय, वाणिज्य, आपुर्ति तथा विज्ञान प्रविधि मन्त्रालय खाली छ ।
नेकपा एकिकृत समाजवादीले ति मन्त्रालयहरु मालदार नभएको भन्दै वन वा पर्यटन मन्त्रालय माग गरिरहेको छ । श्रोतका अनुसार खालीरहेको मन्त्रालयमा नजाने अडान लिएपछी त्यसलाई ‘म्यानेज’ गर्न वन र पर्यटन खालि गराउन लागिएको हो ।
प्रदेश २ को सत्ता गठबन्धनका घटकहरुबिच नेकपा एकिकृत समाजवादीलाई २ मन्त्री दिने सहमति यसअघिनै भईसकेको छ ।
कोरोना कालमा प्रदेशमा 'भ्रष्ट छवि' बनाएका पर्यटन मन्त्री रामनरेश रायलाई हटाउन पनि सजिलो भएकोले नेकपा एकिकृत समाजवादीलाई त्यही मन्त्रालय दिएर भागवण्डा मिलाउने जसपाको दाउं छ ।
सरकारमा मन्त्रालयको समिरकण मिलाउनकै लागि उपेन्द्र यादवले संघीय सरकारमा महेन्द्र यादवलाई मन्त्री बनाएकोले उनकै कोटमा प्रदेशमा मन्त्री बनेका रामनरेश रायलाई हटाउन लागिएको श्रोतको दाबि छ ।
मन्त्रालयको टुंगो लगाउनकै निम्ति उपेन्द्र यादव शनिवार बेलुका जनकपुर पुगेका छन् । पार्टि समायोनको लागि जनकपुर आएको भनिएपनि उनको मुख्य एजेण्डा भने प्रदेश सरकारको मन्त्रीमण्डल बिस्तार नै भएको श्रोतको दाबि छ ।
उपेन्द्रको जनकपुर बसाईमा प्रदेशका अर्का मन्त्री नवलकिशोर साहलाई हटाएर महोत्तरीका कौशल कुमार यादव वा धनुषाका रामसरोज यादवलाई मन्त्री बनाईने योजना समेत रहेको बुझिएको छ ।
जसपामा कार्यकारीणि सदस्य भई राजेन्द्र महतोको कोटाबाट मन्त्री बनेका साहको नाम समेत भ्रष्टाचारमा मुछिएको छ । उनले मन्त्रालयको अधिक्तम बजेट उनको छोरो मेयर रहेको पालिका तथा जिल्लामा मात्र दिने गरेको आरोप छ ।
साहले जसपा बिभाजनकोे बेला उपेन्द्रको दामन थामेका थिए । पार्टि बचाउन साहलाई मन्त्रालयमा ‘कन्टिन्यु’ गरेका यादवले साहको काम सकेपछी उनलाई सरकार बाहिरको बाटो देखाउन लागेको बुझिएको हो ।
यता उपेन्द्र यादवकै नजिक मानिएकि अर्थराज्यमन्त्री उषा यादवलाई समेत हटाएर उनको स्थानमा प्रदेशसभा सदस्य निरा साहलाई मन्त्री बनाउने तयारी गरिएको जानकारी प्राप्त भएको छ ।
निरा साह केन्द्रमा मन्त्री नबाईएका सर्लाहिका सांसद प्रमोद साहकि श्रीमती हुन् । उनलाई राज्यमन्त्री बनाएर साहको रिश शान्त पार्न उपेन्द्रले यस्तो कदम चाल्न खोजेको बुझिएको छ ।
सरकारमा मन्त्री बन्नबाट अन्तिम समयमा नाम काटिएका प्रमोद साहका श्रीमतीलाई प्रदेशमा मन्त्री बनाउने सम्भावना उत्तिकै रहेको छ ।
यसरी उपेन्द्रले बनाएको योजना अनुसार केही दिन भित्रै मन्त्रीमण्डल विस्तारको गरिने तयारी भईरहेको छ ।