केन्द्र सरकारमा एकल जातिय मन्त्रीहरु मात्र पठाएको आलोचना भईरहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टिमा भांडभैलो शुरु भएको छ ।
जसपाका प्रदेश २ अध्यक्ष बिजय यादव र मुख्य सचिव शम्भु झा ले जाजिनामा दिएसंगै पार्टिमा भांडभैलो शुरु भएको हो । प्रदेश २ को कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवलाई र मुख्यसचिव झाले सामाजिक सञ्जाल मार्फत राजिनामा दिएका हुन् ।
उपेन्द्र यादव जसपाको समायोजनका लागि जनकपुर पुगेसंगै पार्टिमा भएको अन्तरकलह र गुटबन्दी सतहमा आएको हो ।
आज जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा प्रदेश २ को अध्यक्ष पदका लागि विवाद भएपछि मन्त्री यादवले राजीनामा दिएका हुन ।
मुख्यसचिव झाले भने आफु उक्त पदमा बस्न लायक नभएकोले राजिनामा दिएको बताएका छन् । उनले पार्टिको निति र उपेन्द्र यादवको एकल निर्णयशाहीका कारण पिडित भएर राजिनामा दिएको बुझिएको छ ।
त्यस्तै बाबुराम भट्टराई निकटका जसपाकै केन्द्रिय सदस्य उमेश साहले पनी पदबाट राजिनामा दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले जसपाको साधारण सदस्यता समेत नरहनेगरी राजिनामा दिएको बताएका हुन् ।
यता केन्द्रीय सरकारमा एकलौटि निर्णयको आधारमा मन्त्री पठाएको भन्दै पर्सा, सिराहा लगायतको स्थानमा उपेन्द्र यादवको तिब्र बिरोध भईरहेको छ ।
पर्साका सांसद प्रदिप यादवलाई मन्त्री नबनाईएपछी उनका समर्थकहरुले बिरगञ्जमा उपेन्द्र यादवको पुतला जलाउंदै उनलाई पर्सा प्रवेशमा रोक समेत लगाएका छन् ।