नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्यमा सोमबार एक सयले ओरालो लागेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० मा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य भने उकालो लागेको छ । सोमबार चाँदी प्रतितोलामा ५ ले बढेर १८० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।