नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ को गीत सार्वजनिक भएको छ ।प्रदर्शनको तयारीमा रहेको ‘यो माया कस्तो माया’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको हो ।
प्रेम कथामा आधारित यस चलचित्रमा दिवश धिताल, सभ्याता गिरि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।‘यो माया कस्तो माया’ को सार्वजनिक गीतमा तुलशा शर्मा र सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा दिब्य सुवेदीको छायांकन रहेको छ ।
किशन पोखरेल यो चलचित्रका निर्देशक हुन् ।चलचित्रका निर्माताहरुमा इन्द्र रजक, संबृधि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु गौतम रहेका छन् ।