महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा समस्या हुन नहुने बताएका छन् ।
देवघाट क्षेत्र विकास समितिले तनहुँको देवघाटमा सञ्चालन गरेको समाज कल्याण वृद्धाश्रमको आज निरीक्षणपछि उनले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताए । वृद्धाश्रम विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले त्यहाँको वस्तुस्थितिको बारे जानकारी गराए ।
सो अवसरमा देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, कार्यकारी निर्देशक घिमिरेले आश्रमको अहिलेको अवस्था र यसमा गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।सो आश्रममा हाल ३८ जना ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन् । विसं २०५२ बाट सञ्चालनमा आएको यो आश्रम सञ्चालनका लागि दैनिक करिब रु ११ हजार खर्च हुने गरेको छ ।