दशैपर्व मानाएपछी घर भित्राउन किशानले खेतमै काटेर राखेका धानवालिहरु अकष्मातको वर्षात तथा हावाहुरीका कारण नष्ट भएका छन ।
प्राकृतिक प्रक्षेपण बिपरित भएको अकष्मात वर्षात र त्यसपछिको बाढिले किशानका धानबालि बगेर सखाप समेत भएका छन् ।
पछिल्लो केही दिनदेखि जारी अविरल बेमौसमि वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुका किशानहरुले भित्राउनै नागेका धानबाली नष्ट भएका हुन् ।
मुख्यतया तराई–मधेशको जिल्लाहरुमा अकष्मात आएको क्षणिक बाढिले आजभोलिमै घर भित्राउने र बिक्रि गर्ने उद्देश्यले राखिएको बालि नष्ट भएपछि किशानहरुको उठिबास हुने भएको छ ।
बिउबिजन, मलखाद, सिँचाई, को अभाव भएतापनि जसोतसो ऋणको जोहो गरेर लगाईएको बालि, काटेर भित्राउनै लाग्ने बेलामा क्षति भएपछि किशानहरु समस्यामा परेका हुन् ।
बेमौसमि वर्षात तथा हावाहुरीका कारण देशैभरका किशानहरुका बालिनालि क्षति भएको भन्दै उनिहरुलाई क्षतिपुर्ति उपलब्ध गराउन जनमत पार्टिका अध्यक्ष डा. सिके राउत तथा नेकपा एमालेका नेता प्रभुसाहले सरकारसंग माग गरेका छन् ।
कृषि प्रधान देशका अधिकतम नागरिक खेतीपाती गर्ने भएको र उनिहरुको आम्दानिको मुख्य श्रोतको रुपमा रहेको धानवालि नै नष्ट हुँदा किसानहरु समस्यामा परेकोले सरकारले तत्कालै क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने ति नेताहरुले माग गरेका हुन् ।
सामाजिक सञ्जाल मार्फत जनमत पार्टिका अध्यक्ष डा.राउतले सरकार मार्फत घटनाको संज्ञान लिदै किशानहरुलाई तत्कालै क्षति बमोजिमको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।
त्यस्तै एमाले नेता साहले ‘बैंक र कम्पनी डुब्दा सरकारले जनताको करको पैसाले धनिमनिलाई उद्धार गर्नहने तर गरीब किसानलाई सरकारले क्षतिपुर्ति किन नदिने’ भन्दै किशानलाई क्षतिपुर्ति दिन माग गरेका हुन् ।