बंगलादेशमा रहेका हिंदुहरुलाई शुरक्षा दिन राष्ट्रिय एकता अभियानले माग गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादव नेतृत्वको टोलीले आज नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री शेख हसिना समक्ष ज्ञापनपत्र बुझाउंदै यस्तो माग गरेको हो ।
नेपालस्थित बंगलादेश राजदूतावास मार्फत ज्ञापनपत्र बुझाउँदै बंगलादेशमा रहेका हिन्दु समुदायको सुरक्षाको माग गरेको हो ।
दशैं पर्व मनाउने क्रममा बंगलादेशका बिभिन्न जिल्लाहरुको हिन्दु मन्दिर तथा आराध्य देवीदेवताको प्रतिमा तोडफोड तथा हिंसात्मक घटना भएपछि हिंदु नागरिकलाई शुरक्षा दिन अभियानले माग गरेको अध्यक्ष बिनय यादवले बताए ।
घटनाको निंदा गर्दै अभियानले बंगलादेशी सरकारसँग जिहादी आक्रमणकारीहरु विरुद्ध कठोर कदम चाल्न बंगलादेशी सरकारसंग माग समेत गरेको छ ।
बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्याएको र हिन्दु बाहुल्य क्षेत्र तथा पूजास्थलहरुमा संगठित भीडको हमलाले गहिरो आघात पुगेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बुधवारदेखी दशैंको अवसरमा लगाईएको दुर्गा पण्डालहरुमा मश्लिम समुदायले हिंसा फैलाएपछी बंगलादेशका बिभिन्न स्थानहरुमा हालसम्म कम्तीमा ६ जनाको मृत्यु भएको र सयौं घाईते भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हमलामा करिब १७ हिन्दु मन्दिरहरुमा क्षति पुगेको छ भने मन्दीरमा स्थापित देबिदेउताका मुर्तिहरुलाई ध्वस्त पारिएको छ ।
हिंशाको बिरुद्धमा राजधानी ढाकामा सयौं मानिसहरुले विरोध प्रदर्शन गरिरहेका छन्, भने ‘ईस्कुन’ मन्दीर व्यस्थापनले घटनाको छानबिनका लागि संयुक्त राष्ट्र संघलाई पत्र समेत लेखेको छ ।
