पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
यो सङ्ख्या २३१ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् यो सङ्ख्या २२७ दिन यताको सव भन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित संख्या कूल सङ्क्रमितको ०.५४ प्रतिशत मात्र रहेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१४ प्रतिशत भएको मन्त्रालयले मङ्गलबार जनाइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ ।भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ ।