मन्त्रिपरिषदको आज बसेको आकष्मात बैठकले बाढिपहिरोबाट पिडितहरुको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप अन्य सदस्यको मृत्यु भएमा प्रति मृतक सदस्य थप एक लाख रुपैयाँका दरले सहयोग रकम दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराए ।
सरकारको विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।
त्यस्तै बाढीपहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि रु.५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराई–मधेशमा ३ लाख रुपया उपलब्ध गराइने गृहमन्त्री खाँणले जानकारी गराए ।
सांथै घर निर्माणका लागि जग्गाको अभाव हुनहरुको हकमा थप रु. ३ लाख सहयोग उपलब्ध गराइने निर्ण भएको खाँणले जनाए ।
सांथै बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ भने राहत तथा उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको छ ।