जनकपुर उपमहानगरपालिकामा व्याप्त अव्यवस्थित सडक, ढल, खानेपानी, फोहर लगायतका समस्यालाई समाधान गर्न डा. सिके राउत नेतृत्वको जनमत पार्टीले करिब १ महिना अगाडी जनकपुर उपमहानगरपालिका कार्यालय तथा खानेपानी ढल निकास कार्यालय धनुषालाई ज्ञापनपत्र बुझाएको थियो ।
उपमहानगरपालिकाको बेथिति र त्यहां व्याप्त भ्रष्टाचार अन्त्यका लागि जनमत पार्टीले पटक–पटक आन्दोलन, धर्ना तथा प्रदर्शन समेत गरेको थियो । आन्दोलनकै क्रममा पार्टीका कार्यकर्ताहरुले केहिदिन अगाडी नगरपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर नगरपालिकाले उनिहरुको कुरा सुनेन । र ताला तोडी कार्यालय सञ्चालन गर्यो ।
बिहिवार कार्यालय खुल्न सांथ सयौंको संख्यामा रहेका जनमतका कार्यकर्ता नगरपालिका कार्यालयमा पुगे ।
आफुहरुले उठाएको माग र त्यसमा भएका प्रगतिबारे बुझ्न उनिहरु जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई खोजेका थिए । साह भने जनमतका कार्यकर्ताहरुको संख्या देखेर त्यहांबाट भागेको सो पार्टीका नेताहरुको भनाई छ ।
त्यसपछि नजिकै रहेको खानेपानी ढल निकास कार्यालय पुगे र नगरमा व्याप्त ढलनाला निकाश नभएको भन्दै नाराबाजि गरे । नाराबाजिबाट रिसाएका कार्यालयमा उपस्थित निमित्त प्रमुख राजेश कुशवाहा दन्किए र ठुलो स्वरमा हेपाहा प्रबितिले प्रदर्शनकारीसंग मुखबाजि गरेको जनमतका एक नेताले बताए ।
महिना दिनको आन्दोलन पश्चात पनि आफुहरुको कुरा नसुनेको र थप चर्को कुरा गर्नथालेको भन्दै कार्यकर्ताहरु आक्रोशित भए, उनिहरुले प्रमुख कुशवाहालाईबाहिर निकाले, फोहोरले जिउ भरिदिए, उनले लगाएको माथिल्लो कपडा निकालिदिए र हांथ समातेर नारा लगाउंदै जनकपुर भरी घुमाए । र यसलाई जनकारवाहीको संज्ञा दिए ।
प्रहरीले जनमतका १० कार्यकर्ता गिरफ्तार गर्यो र कार्यकर्ताहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दैछन् ।
आज जनकपुरमा भएको घटनाको मुख्य सार यति नै हो ।
प्रदेश २ मा यसअघी पनि स्थानिय तहदेखि प्रदेशसम्म भ्रष्टाचारले जरो जमाएको छ । नागरिकले साना मसिना काम गराउन समेत घुस दिनुपर्ने अवस्था छ ।
बिकाश निर्माणको काममा कमिशनको सेटिंग नमिल्दासम्म फाईल अगाडि बढ्दैन । गरिब जनताले जन्मदर्ता गराउन जांदा समेत 'चायपानिको' नाममा पैसा असुलि भईरहेको छ ।
जनता त्रस्त छन, सुन्ने कोही छैन । जनप्रतिनिहरुसंग भेट्न झण्डै ३ लेयरको शुरक्षा रेखा पार गर्नुपर्ने अवस्था छ । जनताको सेवा गर्ने भनेर पदमा पुगेका नेता कुर्सि पाएपछी गांउको शिंहदरबारका शिंह भएका छन् ।
निराशा बढेपछि जनतामा आक्रोसको सिर्जना हुनु प्राकृतिक नियम नै हो, र आज जनकपुरमा भएको पनि त्यही हो ।
जनप्रतिनिधिको संरक्षमा जनताका सेवक कर्मचारिहरु आम नागरिकको पिडालाई बुझ्दैनन, बुझ्ने प्रयास गर्दैनन् ।
जनमत पार्टिका अध्यक्ष डा. सिके राउतले यस घटनालाई ‘कचरा सफाई’ भनेका छन ।
सामाजिक सञ्जालमा उनले भनेका छन, ‘हाम्रो कार्यकर्ता माथि दमन गर्यो भनेर प्रहरीलाई ऊजुरी दिएको कति भो ? तर प्रहरीले उल्टै अपराधी र भ्रष्टाचारीलाई संरक्षण गर्ने अनि गरीब निमुखालाई समात्दै हिरासत भित्र हत्या गर्ने र झूठ्ठा मुद्दा लाउने, अनि छोटेराजा र भ्रष्टहरूबाट आजित जनताले के गर्छन ? जनकारबाही ।
जनमत पार्टिको जनकारवाहीले के पाठ दियो त ?
देशमा कानुनी राज्य हुदाहुदै, कानुनसंवत वार्ता तथा संबादको माध्यमबाट निकास खोज्नुपर्ने ठाउँमा कसैलेपनि कानुन हाथमा लिनु मुनासिब होईन । संबिधानमा भएको व्यवस्ता बमोजिम यसबारे कार्यवाही त हुनेनै छ ।
तर यस घटनाले पुरै देशमा एउटा संदेश दिएको छ । भ्रष्टाचार र कुशासन बिरुद्धको संदेश । जनप्रतिनिधि र कर्मचारीहरुले जनताको काम नगरे, जनतालाई निकास नदिए, जिवनयापनको आधारभुत आवश्यक्तालाई सरल नबनाए जनता आक्रोशित हुन्छन भनेर ।
जसले सेवा गर्न कुर्सिमा बसाउंछन उसले यस्ताखाले घटना पनि गर्नसक्छन भनि यो पाठ देशका सम्पुर्ण जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले बुझ्नु जरुरि छ ।