गायिका समीक्षा अधिकारीले नायक पल शाहसँग कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी छन् ।
नायक शाहसँगको सम्बन्धबारे मिडियाहरुमा चर्चा आएपछि उनले आफूहरुबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेका सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएकी हुन् ।
‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छन्, ‘समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजि भइरहेको छ । यस्तो नगर्नुहुन अनुरोध गर्दछु ।’