प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार ‘फुल कोर्ट’ बोलाएका छन् ।
आइतबार नेपाल बार एसानेसियसनका पदाधिकारीहरुसँग तीन घण्टा लामो वार्तापछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि सर्वोच्च अदालतमा बस्ने गरी ‘फुल कोर्ट’ बोलाएका हुन् ।
प्रधानन्यायाधीश जबरामाथि कांग्रेस नेतृत्वको गठबन्धन सरकारसँग भाग मागेको, गम्भीर मुद्दाहरुको सुनुवाइमा लापरबाही गरेको आरोप लाग्दै आएको छ । ‘फुल कोर्ट’मा पनि ती आरोपबारे छलफल हुनेछ ।
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामादेखि अदालत प्रवेशमा रोक लगाउनुपर्नेलगायतका कुरा उठाएपछि जबरा दवावमा छन् ।