जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्दै राष्ट्रपति प्रणालीमा जानुपर्ने प्रस्ताव राखेका छन् ।
प्रेस मञ्च रौतहटले आइतवार गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान शासकीय स्वरुप प्रणाली तथा निर्वाचन प्रणालीलाई बदल्नुपर्ने तर्क राखे । उनले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली हुनपर्नेमा जोड दिए ।
मधेश आन्दोलनबाट प्राप्त अधिकारको रक्षासँगै बाँकी अधिकारको सुनश्चित गर्न आवश्यक भएको बताएका छन् । अध्यक्ष यादवले देशलाई समृद्धिको बाटोतर्फ लैजान विकृति विसंगति, अन्याय, अत्याचार, अनियमितता तथा विभेदलाई अन्त गर्नुपर्ने बताए ।
उनले सुशासन तथा विकासको अनुभूति सर्वसाधारणमा दिलाउन वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको प्रष्ट पारे ।