संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले आइतबार ट्वीट गर्दै भनेको छ ।
यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।