पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ७ हजार ६२५ नमुना परिक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार आइतबार ८७७ संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमति दर ९७.३ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ३४८ संक्रमितको मृत्यु भइसकेको छ ।
हाल सक्रिय संक्रमित संख्या १० हजार २०१ छ ।
