फिदिममा बस खस्दा कम्तीमा कम्तीमा ५० जना घाइते भएका छन् ।
घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरूको पाँचथर अस्पताल, पाथिभरा तथा समर्पित अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्मालका अनुसार पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार फिदिम–४ सरखण्डेमा दुर्घटना भएको हो ।
बसमा ६० भन्दा बढी यात्रु सवार थिए ।